तरलता अभावमा बैंकहरुले लगानी गर्न छाडे, ४ दिनमा ५ अर्ब झिकियो

पछिल्लो हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पुनः ब्रेक लागेको छ । गत फागुन २७ गतेदेखि ३० गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेकोमा ३० गतेदेखि फागुन ४ गतेसम्ममा पुनः ५ अर्बले निक्षेप गुमेको हो ।
नेपाल बैंकर्स संघकाअनुसार फागुन ३० गतेदेखि चैत ४ गतेसम्ममा २७ वटा वाणिज्य बैंकहरुले ५ अर्बले निक्षेप गुमाउँदै कुल ४३ खर्ब २८ अर्ब रुपैयाँ मात्र संकलन गर्न सकेका छन् । यसको मतलब चार दिनमा नै निक्षेपकर्ताहरुले बैंकहरुबाट ५ अर्ब रुपैयाँ निक्षेप झिकेका छन् ।
लगानीयोग्य रकम (तरलता) कै अभावमा बैंकहरुले लगानीमा कडाई गर्दा यता समीक्षा अवधिमा कर्जा लगानी समेत घटेको छ । बैंकर्स संघकाअनुसार पछिल्लो चार दिनमा (फागुन ३० गतेदेखि चैत ४ गतेसम्म) २७ वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा लगानी घटाउँदै कुल ४१ खर्ब ६८ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् । यस्तो कर्जा अघिल्लो हप्ता एक अर्बले घटाउँदै बैंकहरुले कुल ४१ खर्ब ६९ अर्ब लगानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल