शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेट निर्माण गर्दा कृषि क्षेत्रलाई प्राथमिकता दिने अर्थमन्त्रीको घोषणा

सोमबार, ०७ चैत २०७८, १३ : ५६
सोमबार, ०७ चैत २०७८

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् । सोमबार बिहान रुकुम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले कृषि मन्त्रालयको बजेटलाई विशेष प्राथमिकतामा राखिने बताएका हुन् ।

उनले अर्थमन्त्रालय बजेट निर्माणमा केन्द्रीत भएको भन्दै कृषि क्षेत्रलाई माथि उठाउन यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । ‘आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडि बढाएका छौं’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मदत गर्ने विश्वास छ ।’ कूल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आर्थिक वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।

जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने मन्त्री शर्माको भनाइ छ । ‘जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन्’ उनले भने, ‘निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप