आमा बन्दैछिन् सोनम कपुर : खबर सुन्नेबित्तिकै करिना कपुरले बनाइन् विशेष योजना
गर्भवती भएको भन्ने अफवाहलाई अब सोनम कपुरले अन्ततः विराम लगाएकी छिन् । उनले श्रीमान् आनन्द आहुजासँग आफ्नो फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । बेबी बम्पसहित सोनमले आफू गर्भवती भएको खबर सबैमाझ साझा गरेकी छिन् ।
सोनमले फोटो सेयर गर्दै लेखिन्, ‘चार हात । तिम्रो उत्कृष्ट पालनपोषणका लागि जति हामी गर्न सक्छौँ । दुई मुटु । जुन तिमीसँगै धड्कन सक्नेछ, हरेक मोडमा । हाम्रो परिवार जसले तिमीमाथि प्रेम बर्साउनेछन् र समर्थन गर्नेछन् । हामी तिम्रो स्वागत गर्नका लागि थप प्रतीक्षा गर्न सक्दैनौँ ।’
प्रतिक्रियाः
यो खबर फैलिन धेरै बेर लागेन । वाणी कपुर, करिना कपुर, अंशुला, खुसी, अबू जानी, जान्ह्वीसमेत थुप्रै सेलिब्रिटीले सोनमलाई बधाई दिएका छन् । करिनाले आफ्नो खुसीलाई रोक्न सकिनन् र उनले लेखिन्, ‘वुहु, असाध्यै खुसी छु तिमीहरु दुबैजनाका लागि । बच्चाहरु सँगै खेल्नका लागि प्रतीक्षा गर्न सक्दिनँ..’
विवाहको चार वर्षपछि आमाबुवा बन्दैछन् सोनम आनन्दः
सोनम र आनन्द, विवाहको चार वर्षपछि आफ्नो पहिलो बच्चालाई स्वागत गर्नका लागि तयार छन् । उनीहरुले ८ मे सन् २०१८ मा विवाह गरेका थिए । विवाहपछि सोनम श्रीमानसँग लण्डन गएकी थिइन् । थुप्रै पटक सोनमको एयरपोर्ट लुकले उनी गर्भवती भएको हो कि भन्ने अफवाह उड्ने गर्दथ्यो । हरेक पटक सोनमले यी खबरलाई खारेज गर्दै आएकी थिइन् । तर अब सोनमले फोटोसहित आफ्नो अवस्थाबारे जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’