सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका पाँच शहर : जहाँ १०० भन्दा बढी अर्बपति बस्छन्

सोमबार, ०७ चैत २०७८, १२ : १५
सोमबार, ०७ चैत २०७८

विश्वका पाँच वटा शहरमा १०० जनाभन्दा धेरै अर्बपति बस्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । ‘हुरून ग्लोबल रिच लिस्ट’का अनुसार विश्वका पाँच शहरमा १०० जनाभन्दा धेरै अर्बपतिहरू बस्छन् । चीनको संघीय राजधानी बेइजिङ सबैभन्दा धेरै डलर अर्बपतिहरू बस्ने शहर हो । यो शहरमा १४४ जना अर्बपति बस्छन् । यस्तै, सूचीको दोस्रो स्थानमा चीनकै आर्थिक राजधानी संघाई छ । यो शहरमा १२१ जना अर्बपति बस्ने गरेका छन् ।

यो सूचीको तेस्रो स्थानमा चीनकै शेनजेन शहर पर्छ । यो शहरमा ११३ जना अर्बपति बस्ने गरेको प्रतिवेदनले देखाएको छ । सबैभन्दा धेरै धनाढ्य बस्ने पाँच शीर्ष शहरको सूचीमा अमेरिकाको न्यूयोर्क चौथो स्थानमा अटाउँछ ।

न्यूयोर्कमा ११० जना अर्बपतिहरू बस्ने गरेका छन् भने सूचीको पाँचौं स्थानमा रहेको बेलायतको राजधानी लन्डनमा १०१ जना अर्बपति बस्ने गरेका छन् । यसैगरी, धेरै अर्बपति बस्ने शहरको छैटौं स्थानमा हङकङ पर्छ । हङकङमा ८५ जना अर्बपति बसोबास गर्छन् ।

यो सूचीको सातौं स्थानमा दक्षिण छिमेकी भारतको आर्थिक राजधानी मुम्बई पर्छ । मुम्बईमा ७२ जना अर्बपति बस्ने गरेको प्रतिवेदनले देखाएको छ ।

एजेन्सीहरूको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप