बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

सोमबार, ०७ चैत २०७८, १२ : ०६
सोमबार, ०७ चैत २०७८

महालक्ष्मी विकास बैंकको साँफेबगर शाखाले सामाजिक स्थानीय श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । 
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच  एक हजार र पाँच सय लिटरको एक÷एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको साँफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए । 
 क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको उनको भनाइ छ । 
 सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रविन्द्र बहादुर शाहलगायतको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप