आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बेइजिङले रुसलाई हतियार पठाउँदैन : अमेरिकाका लागि  चिनियाँ राजदूत

सोमबार, ०७ चैत २०७८, ११ : २२
सोमबार, ०७ चैत २०७८

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन विरुद्धको रुसी हमलामा मस्कोलाई  हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए । बेइजिङले सहयोग गरे उसले नराम्रो परिणाम सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका बेला चिनियाँ दूत क्विन गाङको भनाई आएको हो ।

गत साता बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराउन तयार रहेको भन्ने विवरण सार्वजनिक भएका थिए । तर, ती विवरणहरूलाई  ‘गलत  सूचना’ भन्दै चीनले त्यसलाई अस्वीकार गरेको छ । तर, चीन रुसी हमलाप्रति भने नरम बनेको उमाथि आरोप लाग्ने गरेको छ ।

अमेरिकी प्रसारक सीबीएससँग कुरा गर्दै, गाङले गुनासो गरे कि पश्चिमबाट सार्वजनिक निन्दाले ‘सहयोग गर्दैन’ र ‘राम्रो कूटनीति’ आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप