बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मण्डला थिएटरमा फेरि ‘मीतज्यू’ मञ्चन

सोमबार, ०७ चैत २०७८, ११ : ०६
सोमबार, ०७ चैत २०७८

दयाहाङ राईको निर्देशनमा नाटक ‘मीतज्यू’ मञ्चन हुने भएको छ । मण्डला थिएटर थापा गाउँमा मंगलबारबाट नाटक एक हप्ताका लागि  विषेश मञ्चन हुने भएको हो । सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने यस अगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको नाटकमा अभिनय देख्न सकिन्छ । 

१३ गतेसम्म हरेक दिन ५ बजे र शुक्रबार र शनिबार एक बजे समेत मञ्चन हुने नाटक दर्शकको बिशेष आग्रहमा केही समय मञ्चन गर्न लागिएको मन्डला थिएटरले जनाएको छ । अनामनगरमा रहेको मण्डला केही अगाडि मात्र थापागाउँमा सरको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप