बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो
सोमबार, ०७ चैत २०७८, १० : ४५
लमजुङका मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् । हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिबार लागेको आगो झन झन् बढ्दै गएको छ ।
आगो नियन्त्रणका लागि अग्निरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएको छैन ।’ मर्स्याङ्दी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो । वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार आगो नियन्त्रणका लागि पुगेका थिए ।डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलो नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?