ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता
जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन् ।
जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने सूचना अधिकारी शर्माले बताइन् । भनिन्, ‘मतपत्र छाप्न र निर्वाचन प्रकृया सजिलो होस भनेर जिल्लामा पनि दल दर्ता गरिएको हो । आयोगमा पहिले नै दल दर्ता भइसकेको छ ।’
निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ ।
निर्वाचन आयोगले ललितपुरका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय खोल्दैछ । मतदाता शिक्षाको कार्यक्रम पनि सुरु बाँकी छ ।
सूचना अधिकारी शर्माका अनुसार ललितपुरमा नमूना मतदान कार्यक्रम पनि हुनेछ । सरकारले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना सुरु भइसकेको छ र भने मतदाता शिक्षामा लागि सामाजिक परिचालक र स्वास्थ्य स्वयम् सेवकहरु खटाउन पनि बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा आजै राति, बझाङमा आइतबार बिहानसम्म मतपेटिका सङ्कलन गरिसकिने : आयोग
-
मटिहानी आगलागी : मुख्यमन्त्री यादवद्वारा छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता
-
एपीएफ छैटौँ पटक च्याम्पियन
-
अष्ट चिरञ्जीवी मन्दिर : जहाँ दर्शनार्थी जन्म दिन मनाउन जान्छन्
-
इलाम–२ : आइतबार बिहानदेखि गौतमबुद्ध सभाहलमा मतगणना गरिने
-
विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान पौडेल