ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन
सोमबार, ०७ चैत २०७८, ०८ : ३१

ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् । प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकामा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।
४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ । आइतबार बिहान १० बजेबाट प्रहरीले फारम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए ।
ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य