शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

यू–१८ महिला साफ : भारतसँग खेल्दै नेपाल

सोमबार, ०७ चैत २०७८, ०७ : ५०
सोमबार, ०७ चैत २०७८

लगातार दुई खेलमा पराजित भएको नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) भारतको सामना गर्दैछ । जमसेदपुरमा नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रता जितको खोजीमा हुनेछ । 

तर भारतविरुद्ध नेपाललाई जित निकाल्न त्यति सहज भने छैन् । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । 
आज नेपाललाई उत्त नतिजा उल्टाउने मौका छ । यता पहिलो भेटमा नेपाललाई सहजै हराएको भारत आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा हुनेछ । 

उपाधि दाबेदार भारत तीन अंक बटुल्ने योजनामा छ । यता नेपालले भने कुनै अंक जोड्न सकेको छैन् । नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो  । 

नेपाल, भारत र बंगलादेश सहभागि भएको च्याम्पियनसिपमा भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले नेपाललाई हराएर ३ अंक जोडि सकेको छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप