लिभरपुल एफए कपको सेमिफाइनलमा, सिटीको सामना गर्ने
सोमबार, ०७ चैत २०७८, ०७ : १६
लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब नटिङघम फरेस्टलाई १–० गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
नटिङघम फरेस्टको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटाले निर्णायक गोल गरे । पहिलो हाफमा गोल रहित बारबारी खेलेको लिभरपुलका लागि जोटाले खेलको ७८ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।
लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले साउटह्याप्टनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यता अर्काे सेमिफाइनल खेलमा चेल्सीले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?