बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेडपाण्डाको छाला र चरेससहित ६ जना पक्राउ

आइतबार, ०६ चैत २०७८, २१ : १७
आइतबार, ०६ चैत २०७८

बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेससहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको शिक्षण अस्पताल नजिकको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको प्रहरीले जनाएको छ ।  त्यसैगरी पुष्पलाल चोकस्थित एक होटलबाट तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटका प्रवीण शाही र नेपालगञ्जका राज कार्की रहेका छन् । रेडपाण्डा कारोवारीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(१) बमोजिम ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

चरेस ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण २०३३ को दफा १४(घ) बमोजिम १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप