ईस्लिङटन कलेजले मनायो रजतजयन्ती
ईस्लिङटन कलेजले रजतजयन्ती मनाएको छ । रजतजयन्ती अवसरमा कलेजले शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्ने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी र अभिभावकहरूप्रति आभार व्यक्त गरेको छ । २५ वर्षे अवधिमा ५५ सयभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गरेको कलेजको दाबी छ ।
२५ वर्षमा शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गरेको जनाएको कलेज सन् १९९६ मा स्थापना भएको थियो । आइटी र व्यवस्थापन संकायमा दक्ष्य जनशक्ति उत्पादन गर्दै आएको कलेजले जानकारी दिएको हो । ३०० भन्दा बढी प्राध्यापक र कर्मचारी रहेकोकलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरू उत्तीर्ण हुँदै आएका छन्‌ ।
ईस्लिङटन कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरू नेपालको घरेलु बजारमा अत्यधिक खोजी हुँदै आएका कलेजले दाबी गरेको छ। स्वदेशमा मात्र नभई विदेशमा पनि उनीहरूको प्रदर्शन अब्बल दर्जाको हुने गरेको कोटिभिटीका प्रबन्धक वरिष्ठ इन्जिनियर सुशील जाकीबन्जाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु