पीएसजीको पोस्टमा मोनाकोको तीन गोल
आइतबार, ०६ चैत २०७८, २१ : ०२

फ्रेन्च लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार साँझ भएको खेलमा एएस मोनाकोसँग ३-० अन्तरले पराजित भएको छ ।
मुख्य खेलाडी लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजीलाई हराउन मोनाकोको लागि विसाम बेन येडरले दुई तथा केभिन भोलन्डले एक गोल गरे ।
खेलको २५औं मिनेटमा येडरले गोल गर्दै अग्रता दिलाए । ६८औं मिनेटमा भोलन्डले २-० को अग्रता बनाए । खेल सकिन ६ मिनेट अघि येडरले पेनाल्टीमा मार्फत गोल गर्दै सहज जित दिलाए ।
पराजित भए पनि पीएसजीको शीर्षस्थानमा १५ अंकको अग्रता छ । पीएसजीको २९ खेलबाट ६५ अंक छ । दोस्रो स्थानको मार्सेको २८ खेलबाट ५० अंक छ । पीएसजीलाई हराएको मोनाकोको २९ खेलबाट ४४ अंक जोड्दै सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण