आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी

आइतबार, ०६ चैत २०७८, २० : ०७
आइतबार, ०६ चैत २०७८

युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ । युक्रेनका सैन्य अधिकारीहरुले आफूहरुको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो । 

युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ । युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी कीभमा भीषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ । 

युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरुलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारीएको बताइउको छ। यसक्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ । जसमा ४७६ ट्यांक २ सय भन्दा धेरै लडाकु विमान, हेलिकप्टर र ड्रोन का साथै १४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप