केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन्। लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।
नेता पौडेलले भने, ‘दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभए। न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा । पार्टी भित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन। उहाँमा बढि नै अहमता छ । सरकारमा हुँदा कार्यकर्तालाई अरिङ्गाल भएर टोक भन्ने कहिले के भन्ने‘ ।’
‘निर्वाचनमा जनताले जहिले पनि घोषणापत्रलाई हेरेर उम्मेदवारलाई भोट दिने गरेका छन्। घोषणालाई अनुमोदन गर्ने गरेका छन्। तर दलले कहिल्यै पनि जनमतलाई कदर गरेनन् । अहिले एमालेले पनि जनमतलाई बुझेन । दुई दुई पटकसम्म संसद्को हत्या गर्यो, ‘ नेता पौडेलले थपे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव