आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेको लडाइँ जनादेश र परामादेशबीचकोः पूर्व मन्त्री अर्याल

आइतबार, ०६ चैत २०७८, १९ : ०५
आइतबार, ०६ चैत २०७८

नेकपा (एमाले) केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले अहिले देशभर जनादेश र परमादेशको बीचमा लडाइँ भइरहेको बताएकी छन् । ओली सरकारको कामको मूल्याङ्कन जनताले गरेको उल्लेख गर्दै अर्यालले अगाडि भनिन्, “अहिलेको सरकारको कामले गर्दा जनताले एमालेको सरकारको आवश्यकता झनै प्रष्ट रूपमा बुझ्ने मौका पाएका छन् ।”  

राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै अर्यालले परमादेशी गठबन्धन कलाकारहरूको सृजनाबाट तर्सिएको प्रमाण प्रकाश सपुतको गीतप्रतिको प्रहार भएको समेत उल्लेख गरिन् । 

अधिवेशनबाट सुवास मल्लको अध्यक्षतामा ३७ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा प्रेमराज अधिकारी र लक्ष्मी थापा, सचिवमा छविलाल सुवेदी, सहसचिवमा लक्ष्मी नेपाली, कोषाध्यक्षमा दीपक पौडेल र सह कोषाध्यक्षमा सीता परियार निर्वाचित भएका छन् । समितिको सल्लाहकारहरूमा प्रजापति पराजुली, रमेश श्रेष्ठ र पार्वती जिसी निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप