शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रदेश १ का तीन जिल्लामा पुग्ने

आइतबार, ०६ चैत २०७८, १८ : ५३
आइतबार, ०६ चैत २०७८

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार मोरङलगायतका तीन जिल्लाको कार्यक्रममा सहभागी हुन प्रदेश १ आउने भएका छन् । 

प्रधानमन्त्री देउवाले मोरङको सुन्दर हरैंचा नगरपालिका नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्ने, सोही वडाको बुधबारेमा रहेको कृषि बजारको भवन शिलान्यास गर्ने तथा वडा नम्बर १ को सुन्दर हरैंचा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । जसका लागि देउवा हेलिकप्टर चढेर आउनेछन् । सुन्दरहरैंचाको कार्यक्रम सकेपछि प्रधानमन्त्री पाँचथर जाने र त्यसपछि खोटाङ जाने कार्यक्रम रहेको सुरक्षा स्रोतको भनाइ छ । 

नेपाली काँग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बूले भोलि सुन्दर हरैंचाको स्वास्थ्य केन्द्र भवन उद्घाटनका लागि प्रधानमन्त्री आउन लागेको आफूले जानकारी पाएको बताए । पार्टीको कुनै पनि कार्यक्रम नरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप