आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भूमि आयोग चितवनले पायो पूर्णता

आइतबार, ०६ चैत २०७८, १८ : ५२
आइतबार, ०६ चैत २०७८

राष्ट्रिय भूमि आयोग चितवनले पूर्णता पाएको छ । आयोगका तीन जना सदस्यले सपथ ग्रहण गरेसँगै पूर्णता पाएको हो । आयोगको सदस्यहरु निर प्रसाद लामिछाने, लक्ष्मीकान्त दवाडी र महिला सदस्य बिमला मगर नियुक्त भएका छन् । उनीहरुले आज एक समारोहका बीच पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

उनीहरुलाई आयोगका अध्यक्ष बद्री तिमिल्सिनाले सपथ ग्रहण गराएका थिए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले अव्यवस्थित सुकुम्बासीको समस्या समाधान जटिल रहेको बताएका थिए ।
   
राजनैतिक आग्रह र पूर्वाग्रह नराखि सबै सुकुम्बासीहरूलाई जग्गा उपलव्ध गराउनु पर्ने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति प्रमुख डल्लाकोटीले कानुन अनुसार जग्गा प्राप्त गर्नेलाई सहज रुपमा जग्गा उपलव्ध गराउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप