पाल्पाको भुत खोलामा युवकको डुबेर मृत्यु
आइतबार, ०६ चैत २०७८, १८ : २९
पाल्पाको भुत खोलामा बुटवलका एक युवक डुबेर मृत्यु भएको दुई दिन नबित्दै सोही खोलामा अर्का एक जना युवकको पनि डुबेर मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–३ मा रहेको उक्त खोलामा आइतबार भारतको खोरखपुर निवासी २८ वर्षीय सान्तुन नन्दि तीन जना साथीहरुसहित फोटो खित्ने क्रममा ढुङ्गमा चिप्लिएर डुबेका थिए । अशक्त भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पिचभैयाले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । सोही खोलामा डुबेर चैत्र ४ गते बुटवलका एक युवकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा
-
सनम तेरी कसम–२ बनाउने तयारी