प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् ।
विष्टसहित जिल्ला कमिटीका सदस्यहरू सहित अन्य दलहरूबाट गरेर करिब दुईसय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
यस्तै, प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते कर्णाली प्रदेश सभा सदस्य र पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए । गत फागुन २७ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीबारे प्रशिक्षण दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेकै दिन विष्टले पार्टीसँगै सांसद पद त्यागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने
-
सर्लाहीबाट लागु औषधसहित ३ जना पक्राउ
-
हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु गुणस्तरीय हुन्छ : मन्त्री अधिकारी
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका