आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुखको हाँगा लागेर बालिकाको मृत्यु

आइतबार, ०६ चैत २०७८, १७ : ५८
आइतबार, ०६ चैत २०७८

सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो  । प्रहरीका अनुसार रूख काट्दै गर्दा हाँगा खसेर उनको शरीरमा लागेर घाइते भएपछि उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो । उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप