शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मान्छे–मान्छेबीचको विभेदको अन्त्य हुनुपर्छ उपराष्ट्रपति पुन

आइतबार, ०६ चैत २०७८, १७ : ४८
आइतबार, ०६ चैत २०७८

उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बीचमा असमानता र विभेद हुन नहुने बताएका हुन् ।

समाजमा धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यसप्रकारको विभेदको अन्त्य हुनुपर्ने उनले  बताए । उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रै खालका राजनीतिक संघर्षहरू भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको बताए ।  

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताए । सकारात्मक सोचका साथ देशका लागि योगदान गर्नुपर्नेमा उनले जोड दिए ।  उनले अनुशासित, नैतिकवान, पारदर्शि र अरुको हितको लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्नसक्ने बताए ।       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप