म्यादी प्रहरीमा विद्यार्थीको मोह
आइतबार, ०६ चैत २०७८, १७ : ४१
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा स्नातक तहमा पढ्ने विद्यार्थीहरु भर्ना हुन थालेका छन् । आइतबारदेखि सुरु भएकाे भर्ना अभियानमा गुल्मीका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु पनि म्यादी प्रहरीमा भर्ना हुन लागेका हुन् ।
भर्ना हुन लाइनमा उभिएका मदाने गाउँपालिका–६ पुर्कोटदहका जयराम कुँवरले आफू जनज्योति क्याम्पस पुर्कोटदहमा स्नातक तहमा अध्ययनरत रहेको बताए । यस्तै छत्रकोट गाउँपालिका–४ दिगामका मेघराज भण्डारी पनि स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।
म्यादी प्रहरीको फारम भर्ने अधिकांश विद्यार्थीहरु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले गुल्मीलाई करिव ११ सय म्यादी आवश्यक पर्ने बताए । उनले म्यादी प्रहरीको आवेदन दिनेमा महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?