बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

‘मन्त्र’ मेरो मनपर्ने फिल्म हो : सौगात

आइतबार, ०६ चैत २०७८, १७ : ३४
आइतबार, ०६ चैत २०७८

१६ वैशाखबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘मन्त्र’ । खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएका छन् ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मसँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्ममा हिमाली भेगको कथा उठाउन खोजिएको छ ।  कार्यक्रममा अभिनेता सौगात मल्लले ‘मन्त्र’ आफुलाई पनि मन परेको फिल्म भएको बताए । उनले फिल्मको विषयवस्तु नौलो भएको सुनाए ।

त्यस्तै कलाकार बुद्दी तामाङले फिल्म फिल्म अभिनय अनुभव सुनाएका थिए ।  गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको फिल्म चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतमा छायाङ्कन भएको छ । 

फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पाको पनि मुख्य भूमिका छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ निर्माता हुन् । फिल्म काठमाडौँ बाहिर एफडी कम्पनी र उपत्यकामा गोविन्द शाहीले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप