शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार एमाले पोलिटब्युरो बैठक बस्ने

आइतबार, ०६ चैत २०७८, १७ : ०४
आइतबार, ०६ चैत २०७८

नेकपा एमालेको दशौं महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बोलाएको छ । चैत ७ गते बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेको पोलिटब्युरो कमिटीमा १९ पदाधिकारीसहित ३६ जना स्थायी कमिटी सदस्यसहित ९९ जना छन् । गत साता बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउने र चुनावबारे छलफल गर्ने जनाएको थियो । एमालेको केन्द्रीय कमिटी बैठक चैत नौ र १० गतेलाई बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप