जनमत पार्टी स्थानीय निर्वाचनको तयारीमा
आइतबार, ०६ चैत २०७८, १६ : ५४
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै सिके राउत नेतृत्वको जनमत पार्टीले चुनावी गतिविधिलाई अघि बढाएको छ । पार्टीले चुनावी केन्द्रित गतिविधिसँगै किसान आन्दोलनलाई समेत यसैसँग जोड्ने भएको जनाएको हो ।
जनमतको केन्द्रीय समितिको विस्तारित अनलाइन बैठकले बूथ–बूथ – मजबूत अभियानलाई स्थानीय तहसम्म लैजान नेताहरुको जिम्मेवारी समेत हेरफेर गरिएको पार्टीले जनाएको छ । जनमत पार्टीका नेता बिपी साहले बूथ–बूथ–मजबूत अभियानलाई नेताहरुलाई जिम्मेवारी दिएर स्थानीय तहसम्म पुगाउने बताए ।
स्थानीय तहको निर्वाचनमा स्थानीय नेताहरुले आफ्नो अनुकुल गठबन्धन गर्न सकिने र केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने उनले बताए । बैठकले निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण