नेप्सेले गर्यो सूचीकृत कम्पनीहरूलाई पाँच समूहमा वर्गीकरण (सूचीसहित)
आइतबार, ०६ चैत २०७८, १६ : ३४

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । नेप्सेले आज सूचना जारी गर्दै माघ ८ देखि फागुन २३ गतेसम्म नेप्सेमा सूचीकृत भएका कम्पनीहरूको वर्गीकरण गरेको जानकारी दिएको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरूबाट प्राप्त विवरणअनुसार वर्णानुक्रम संलग्न लिष्ट बमोजिम वर्गिकरण गरिएको नेप्सेको भनाइ छ । वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु÷नपर्ने कारणसहित पैँतीस (३५) दिनको म्याद भित्र दाबीसहितको आवेदन गर्न समेत नेप्सेले जानकारी दिएको छ ।
नेप्सेको पछिल्लो वर्गीकरणअनुसार सूचीकृत कम्पनीहरू ‘ए’, ‘बी’, ‘जी’, जेड र अन्य समूहमा वर्गीकृत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन