बहमासबाट बेलायत पठाइएको सन्देश २१ वर्षपछि फेला

बेलायती तटमा एक पर्यटकले बोतलमा एक सन्देश फेला पारेका छन् । उक्त सन्देश बहमासबाट एक क्यानेडियन बालिकाले २१ वर्ष अगाडि पठाएकी थिइन् । क्रिस्पीन बेनटनले बेलातयको फालमाउथको क्यासल बीचमा हिडिरहेको समयमा सन्देश राखिएको उक्त बोलत फेला पारेका थिए ।
‘यो सन्देश बोतलमा बिर्कोले कसिनले गरी राखिएको थियो । त्यसैले यो पखालिएको जस्तो देखिएको थियो । मैले यसलाई उठाए, त्यसपछि सोचे, त्याहाँ सन्देश भएको पाए र उत्साहित भए,’ बेनटनले फालमाउथ प्याकेटलाई बताए ।
सोही तटमा भ्रमणको क्रममा रहेका विद्यार्थी फोटोग्राफरले बेनटनको फोटो लिए र उनसँगै त्यसमा लोखिएको सन्देश पढे । उक्त चिठ्ठी २००१ को २१ जुनको थियो । चिठ्ठी ६ वर्षकी एक क्यानेडियन बालिकाले लेखीका थिइन् । उनको नाम अन्ना थियो र चिठ्ठी लेख्दाको समयमा बहमासको यात्रा गररहेकि थिइन् ।
‘कृपया प्रदूषण नगर्नुस् । धन्यवाद,’ अन्नाले लेखेकी थिइन् । अन्नाले चिठ्ठी पठाउने ठेगाना पनि समावेश गरेकी थिइन र फेला पार्नेलाई चिठ्ठी लेख्नका लागि आग्रह गरेकी थिइन । तर अनलाईनमा खोजी गर्दा ठेगाना औद्योगिक क्षेत्रमा परिवर्तन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि
-
जबरजस्ती करणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ
-
युक्रेनको दुर्लभ खनिजमा फ्रान्सको पनि 'गिद्देदृष्टि'
-
सहजीकरण गरिदिन कोशीका सांसदहरूलाई गृहमन्त्रीको आग्रह
-
'गगन थापाको माफी बनावटी हो, इमानदार कांग्रेसले जनमोर्चालाई नै भोट हालेका थिए'
-
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा थालियो सफाइ, साधुसन्तको बिदाइ भोलि