पर्वतारोहण संघको निर्वाचन जेठ तेस्रो साता
आइतबार, ०६ चैत २०७८, १५ : ३७

नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ ।
संघको आज भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । संघका महासचिव कुलबहादुर गुरुङका अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न सङ्घको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।
उक्त आयोगमा अधिवक्ता डा गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहनुभएको छ । साथै, संघले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण संघ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा ‘खेल मिलेमतो’ को आशंका, बीसीसीआईले जारी गर्यो कडा निर्देशन
-
कर्णालीमा विकास बजेट कार्यान्वयनको अवस्था नाजुक, ९ महिनामा २० प्रतिशतमात्रै खर्च
-
पेरुका पूर्वराष्ट्रपति र उनको पत्नीलाई १५ वर्षको जेल
-
रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न आदेश
-
शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
-
कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही