हलेसीमा दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन

खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन भएको छ । १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट ४ लाख ४३ हजार २३० रुपैयाँ भेटी संकलन भएको हो ।
हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३५० रुपैयाँ, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ४१ हजार ६०५ रुपैयाँ, बसाहा थानमा राखिएको दान पेटिकाबाट ५० हजार ९७५ रुपैयाँ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हजार ३०० रुपैयाँ जम्मा भएको हलेसी सूचना केन्द्रले जनाएको छ । यस अवधिमा ढ्याके सतहीबाट ४ हजार रुपैयाँ जम्मा भएको छ ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीबाट दुई हप्ताको अवधिमा भएको आम्दानीमध्ये १ लाख ३४ हजार ९४९८ रुपैयाँ खर्च हुँदा ३ लाख ८ हजार २८२ रुपैयाँ बचत भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
सूचना केन्द्रले हलेसी आएका दर्शनार्थी र पर्यटकले मन्दिर तथा दान पेटिकामा चढाएको रकमलाई आम्दानीका रुपमा बाँधेर आयव्यय सार्वजनिक गरिएको छ । बचत रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा रहेको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ ।
यस अवधिमा दर्शनार्थीले ३ हजार ७०० भारु, चाँदी १९.६९ तोला र सुन १.२ ग्राम चढाएको सूचना केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहुलियत गुम्नुअगाडि नै देशहरूसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ’
-
विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
-
कुशलपछि आसिफ शेखको अर्धशतक
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड
-
काठमाडौँ विश्वविद्यालयमा अखिल (क्रान्तिकारी)ले थाल्यो रिले अनशन
-
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित