दोहोरो अङ्कले घट्यो सेयर बजार, कारोबार रकम पनि न्यून
आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ अङ्कले घटेको छ । कारोबार बढेर सुरु भए पनि अन्तिम समयमा १४ अङ्कले घटेर बन्द भएको हो । १४ अङ्कले घटेसँगै परिसूचक २६ सय १६ अङ्कमा आइपुगेको छ ।
यसक्रममा आज २ अर्ब २७ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता बराबरको सेयर खरिदबिक्री भएको छ । परिसूचक घटेको दिन लगानी समूहबाहेक सबै समूहमा गिरावट आएको छ ।
लगानी समूह १.४४ अङ्कले बढेको छ । यसबाहेक, जीवन बीमा समूह १९७ अङ्कले घटेको छ भने निर्जीवन बीमा समूह ७४ अङ्कले घटेको छ । यसैगरी, उत्पादनमूलक समूह ६८ अङ्कले घटेको छ भने होटल एण्ड टुरिजम समूह ६३ अङ्कले घटेको छ ।
बजार घटेपनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँ पुगेको छ । यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण