आयोगलाई ओलीको प्रश्न : उम्मेदवारी मनोनयनको समय २ दिन किन ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेको बताएका छन् । उनले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय दुई दिन दिएकोमा आपत्ति समेत जनाए ।
आइतबार इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सधै निर्वाचन आयोगले मनोनयन दर्ता गर्न एक दिनको समय दिन्थ्यो यसपल्ट बैशाख ११ र १२ गते दियो’, ओलीले आयोगप्रति कटाक्ष गरे । उनले भने, ‘दुई दिन किन चाहियो रु पाँच दलीय गठबन्धनमा खटपट गरेर कुरा नमिल्न सक्छ । अनि भोलिपल्ट पनि ।’ उनले विश्वभरी एकै दिन मनोनयन हुने गरेको भन्दै पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको नभएको पनि बताए ।
उनले निर्वाचन आयोगलाई एउटा पार्टीको पक्षमा काम नगर्न चेतावनी पनि दिए । ‘म निर्वाचन आयोगलाई भन्न चाहान्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन निष्पक्ष भएर काम गर्नुपर्छ’, ओलीले भने, ‘अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रुखको रङ सवैलाई दिने रे । रुखको रङको पनि हरियो, सूर्यको पनि हरियो पारेर, कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ?’ काँग्रेसको रुख हरियो पार्न हरियो रङ चाहिएको भन्दै प्रश्न गरे । रङबारे दलहरूसँग निर्वाचन आयोगले परामर्श नगरेकोमा समेत आपत्ति जनाए । अध्यक्ष ओलीले सर्वोच्च अदालतप्रति पनि असन्तुष्टि जनाएका थिए ।
‘सार्वभौम सत्ता अदालतमा होइन, नेपाली जनतामा मात्रै छ । अदालतलाई मान्नु पर्दछ । संविधानको सर्वोच्चता अदालतले पनि मान्नु पर्दछ । अदालतले संविधानको व्याख्या गर्न सक्छ । संशोधन होइन’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण