४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला
आइतबार, ०६ चैत २०७८, १५ : १९

किभ–रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए ।
हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ ।
यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो । सो क्षेत्रमा उद्दार कार्य जारी छ ।
युक्रेन युद्धले उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिस क्लबको लगातार दोस्रो जित, कोशी प्रदेशको लगातार तेस्रो हार
-
वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाईँबिच साझेदारीबारे छलफल
-
कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ
-
विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित
-
विकासमा बेथिति, जस पाउने होड
-
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन