सीमा तथा हवाई नाकामा अनिवार्य कोभिड-१९ को परीक्षण हट्यो
सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गरेर यसअघिको अनिवार्य कोभिड-१९ को परीक्षणलाई हटाएको जानकारी गराएको हाे ।
सरकारले कोभिड-१९ को जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अब कोभिड-१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड-१९ को परीक्षण नेगेटिभ नभएकाले कोभिड-१९ परीक्षण गर्नुपर्ने छ ।
यस्तै पूर्ण खोप लगाएको वा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ भएपनि कोभिड-१९ काे संक्रमणको लक्षण भएका र ५ वर्ष माथिका कोभिड १९ को पूर्ण खोप नपाएका तथा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ नभएको भएपनि कोभिड-१९ को लक्षण भएकाहरुले सिमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा कोभिड-१९ को अनिवार्य परीक्षण गर्ने पर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म