सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा तथा हवाई नाकामा अनिवार्य कोभिड-१९ को परीक्षण हट्यो

आइतबार, ०६ चैत २०७८, १४ : २०
आइतबार, ०६ चैत २०७८

सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गरेर यसअघिको अनिवार्य कोभिड-१९ को परीक्षणलाई हटाएको जानकारी गराएको हाे ।

सरकारले कोभिड-१९ को​ जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अब कोभिड-१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड-१९ को परीक्षण नेगेटिभ नभएकाले कोभिड-१९ परीक्षण गर्नुपर्ने छ ।

यस्तै पूर्ण खोप लगाएको वा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ भएपनि कोभिड-१९ काे संक्रमणको लक्षण भएका र ५ वर्ष माथिका कोभिड १९ को पूर्ण खोप नपाएका तथा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ नभएको भएपनि कोभिड-१९ को लक्षण भएकाहरुले सिमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा कोभिड-१९ को अनिवार्य परीक्षण गर्ने पर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप