शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादीमा भर्ती हुनेको आकर्षण, दुधे बच्चा बोकेर फारम भर्ने लाइनमा (फोटोफिचर)

आइतबार, ०६ चैत २०७८, १३ : ३१
आइतबार, ०६ चैत २०७८

प्रहरी प्रधान कार्यालयले खुलाएको दरखास्त अनुसार म्यादी प्रहरीमा भर्ती हुनेका लागि युवाहरुको आकर्षण देखिएको छ । चैत १ गते प्रकाशित सूचनाअनुसार आइतबारदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिनेछ । 
दरखास्तका लागि युवायुवतीदेखि दुधे बच्चा बोकेर समेत महानगरीय प्रहरी परिसर टेकुमा भीड देखिएको छ । 

चर्को घाममा उनीहरु दरखास्त बुझाउने लाइनमा देखिन्थे । सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा १ लाख जना जनशक्ति माग गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ ।  उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ । 

यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरूप १ हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै बीमा लगायतका सुविधा पनि हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप