एनआरएनए संस्थापन पक्षको चुनावमा मतदाता घटे

विवादमा फसेको गैरआवासीय नेपाली संघ एनआरएनएको संस्थापन पक्षको निर्वाचनमा मतदाता संख्या घटेको छ । यही मार्च २४ र २५ तारिख हुने निर्वाचनमा ३०९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् ।
संघको निर्वाचन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र शेल्फीमा नलिएका मतदाताहरूलाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५९० जनाको नाम सार्वजनिक गरेको थियो ।
करिब १५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरुलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनए मार्फत शेल्फि लिन चुके पछि सूचीबाट नाम हटाइएको हो । संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुदैछ । अनलाइन मार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्म अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा.बद्री केसी र रविना थापाबीच निर्वाचन हुदैछ ।
यसैबीच कुल आचार्य तथा शेष घले समूहले छुट्टै अधिवेशन गर्दै छ । सो समूहको अधिवेशन मार्च २४ र १५ मा तय गरिएको छ । करिब २० वर्ष लामो इतिहास बोकेको एनआरएनए राजनीतिरुपमा दुईतिर विभाजित हुँदा संस्था नै फुटको अवस्था आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेमकिपाको अध्यक्षमा विजुच्छेँ सर्वसम्मत चयन
-
श्रममन्त्रीसँग जापानीज राजदूतको भेट, दक्ष नेपाली कामदार लैजाने विषयमा छलफल
-
दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल
-
चिकित्सक संघका ३२ अध्यक्षको इतिहास समेटिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन
-
मेलम्चीको पाइप : काठमाडौँबासीलाई पानी कि ‘वाटर एम्बुस’ ?
-
सांसदहरूको प्रश्नः नेपालका नदीमा पानीजहाज कसरी आउँछ ?