खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने

पेइमेन्ट कम्पनी ‘खल्ती’ बाट सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले भुक्तानी गर्न सक्ने भएका छन् । यसबारे दुई पक्षबीच समझदारी भएको छ ।
यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।’
भुक्तानी गर्न खल्ती’ एप लग–इन गरि ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गर्नुपर्नेछ । त्यसपछि सिटिजन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने र विवरण भर्नुपर्नेछ । त्यसपछि प्रोसिड टु पे” मा क्लिक गरेपछि भुक्तानी हुन्छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने अपेक्षा लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक