पुटिनले दिए परमाणु युद्ध अभ्यासको आदेश

रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका छन् ।
हालै मात्र रुसले किन्झल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यो क्षेप्यास्त्र परमाणु र परम्परागत दुवै किसिमका हतियार बोक्न सक्थ्यो । २००० किलोमिटर मारक क्षमताको यो क्षेप्यास्त्र परमाणु बम पनि प्रहार गर्न सक्षम रहेको छ ।
परमाणु युद्धको अभ्यासको आदेश प्राप्त भए लगत्तै क्रेमलिनका अधिकारी तयारी अवस्थामा बसेका छन् । पुटिनको यो निर्णयको नतिजा भयानक हुनसक्ने उल्लेख गरिएको छ । क्रेमलिनका अधिकारीले पुुटिन परमाणु युद्धको तयारीमा खाली गराउने अभ्यासमा भाग लिन सक्ने बताएका छन् ।
रुस–युक्रेन लडाइँको सुरु देखिनै पुटिनले आफ्नो परिवारलाई साइबेरिया पठाएको दावी विभिन्न मिडियामा गरिँदै आएको थियो । यहाँ उनीहरुलाई उच्च प्रविधिको भूमिगत बंकरमा राखिएको बताइएको छ ।
पहिलेदेखिनै परमाणु फोर्स अलर्ट
रुसका राष्ट्रपति पुटिनले पहिले पनि आफ्नो परमाणु बललाई हमलाका लागि सतर्क गराइदिएका थिए । युक्रेनलाई परमाणु हमलाको धम्की पनि दिएका थिए । पुटिनले परमाणु कमाण्ड एकाइको बिदा समेत रद्ध गरिदिएका थिए र, उनीहरुलाई हमला तयारी गर्ने आदेश दिएका थिए । यसपछि सबै परमाणु क्षेप्यास्त्र फायरिङ मोडमा राखेका थिए । कर्मचारीलाई स्ट्यान्डबाइमा बस्नका लागि भनिएको थियो ।
झुक्न तयार छैन युक्रेन
२५ दिनपछि पनि युक्रेनले हतियार बिसाएको छैन । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक सम्बोधनमा भनेका छन्,‘यो हत्या हो, जानीजानी गरिएको हत्या हो । हामी यसलाई कहिले बिर्सने छैनौ र यसमा समावेश मानिसलाई माफी पनि गर्ने छैनौँ । हामी आफ्नो जमिनमा अत्याचार गर्ने सबै मानिसलाई सजाय दिन्छौ ।’ यद्यपि दुवै देशबीच लडाइ रोक्नका लागि कुराकानी भइरहेको छ ।
यसैबीच जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्नका लागि प्रत्यक्ष वार्ता गर्ने अपिल गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा