बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गयो : प्रकाशमान सिंह

आइतबार, ०६ चैत २०७८, १२ : २७
आइतबार, ०६ चैत २०७८

काँग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको जिकिर गरेका छन् । आइतबार नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १ को ‘घर घर जाऊ काँग्रेस जिताउ अभियान’ अन्तर गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले कम्युनिस्टले फैलाएको भ्रमलाई चिर्न घरघरमा पुगेर नागरिकलाई बुझाउनुपर्ने बताए । 

‘कम्युनिस्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले  त्यस्ता गलत हल्ला को विषयमा नागरिकसामु गएर बुझाउनु पर्ने अवस्था आएको छ’, उनले भने, ‘कम्युनिस्ट नेताहरु जनतासामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेका छन् ।’

यो कुरा बुझाउन काँग्रेस लागिपर्नुपर्ने उनको जोड छ ।  सिंहले जुनसुकै छिमेकी मुलुकले दिने सहयोग देश र जनताको हितमा छ भने स्वीकार गर्न सकिने बताए ।  अर्को प्रसंगमा उनले चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएपनि उमेदवार हुन टिकट पाउन पार्टीको वैधानिक प्रक्रिया सबैले पालना गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप