रात्रिबसमा २२ लाख नगद बोक्ने व्यक्ति पक्राउ
आइतबार, ०६ चैत २०७८, १२ : २३
पोखराबाट स्रोत नखुलेको २२ लाख नगदसहित एक जना पक्राउ परेका छन् । गएराति पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ
-
नारायणगढ–बुटवल सडक पूर्वी खण्डमा ५२ प्रतिशत काम
-
टर्की र नेदरल्याण्ड्सको जितसँगै युरोकपको क्वाटरफाइनल समीकरण पूरा
-
तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
कर्णाली : टुक्रे योजना नियन्त्रणको अडानमा टिक्न नसकेका मुख्यमन्त्री, कांग्रेसको दोहोरो चरित्र
-
कांग्रेस–एमाले सहमतिपछि लुम्बिनी सरकारको भविष्य सङ्कटमा