काँग्रेस मुख्यालय सानेपामा नेविसंघको धर्ना
आइतबार, ०६ चैत २०७८, १२ : २०
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन् । लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको र विधानअनुसार महाधिवेशनको माग गर्दै आइतबार उनीहरुले धर्ना दिएका हुन् ।
नेविसंघमा उमेर हदबन्दी ३२ वर्ष बनाएर पार्टीले विद्यार्थी नेताहरुलाई जुधाउन खोजेको बताउँदै नेविसंघका नेता अनिल खनालले सो को खारेजी गर्नुपर्ने बताए । उनले तरुण दलका लागि पनि ४५ बर्षे उमेर हद लगाएर पार्टीले नेता कार्यकर्तालाई जुधाउन खोजेको बताए । नेविसंघको अविलम्ब महाधिवेशनको माग गर्दै पार्टीका कार्यालय सचिवलाई ज्ञापनपत्र बुझाएर उनीहरु पार्टी कार्यालयमा धर्नामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण