बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आँचल शर्मा प्यारासुट नेचुरल स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त

आइतबार, ०६ चैत २०७८, १२ : ०४
आइतबार, ०६ चैत २०७८

अभिनेत्री आँचल शर्मा (डवाडी) प्यारासुट नेचुरल  स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । एम्बेसडर भएसँगै उनले सो कम्पनीको ब्रान्डका सम्पूर्ण स्याम्पुका रेन्जहरू प्रचार गर्नेछिन् । प्राकृतिक गुणहरूद्वारा तयार पारिएको प्यारासुट नेचुरल  स्याम्पुले कपाललाई नियमित रुपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्ने दाबी गरिएको छ ।  

प्यारासुट नेचुरल  प्राकृतिक प्याराबेन फ्री स्याम्पु हो, जुन ३ भेरियण्टमा उपलब्ध छ । प्यारासुट नेचुरल  स्याम्पुको प्रत्येक भेरियण्टमा नरिवलको दूध प्रोटिनको गुण समावेश छ, जुन कपाललाई जरासम्म पोषण प्रदान गर्न र बलियो बनाउनका लागि उपयुक्त मानिन्छ ।

यसैगरी नेचुरल  स्याम्पुको प्रत्येक भेरियण्टमा विशेष प्राकृतिक गुणहरू पाइन्छ । कपाललाई रेशमी र मोइस्चराइज गर्नका लागि एलोभेराको गुण समावेश छ । त्यसैगरी, एन्टी–हेयर फल भेरियण्टमा हिनाको प्राकृतिक गुण छ, जसले कपाललाई बाक्लो बनाउन मद्दत गर्छ र ड्यामेज रिपेयर भेरियण्टमा हिबिस्कस हुन्छ, जसले कपाललाई नरम बनाउँछ ।

“सबैको जीवनमा स्याम्पुको विशेष भूमिका रहेको छ, त्यसैले सही स्याम्पु छनौट गर्नु धेरै महत्वपूर्ण हुन्छ । नरिवलमा आधारित कपाल हेरचाह उत्पादनका लागि विश्वव्यापी रूपमा प्रख्यात प्यारासुटसँग आबद्ध हुन पाउँदा म हर्षित छु,” स्याम्पुबारे बोल्दै शर्माले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप