शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फममा फर्केको बार्सिलोनालाई रियलको चुनौती

आइतबार, ०६ चैत २०७८, ११ : ५३
आइतबार, ०६ चैत २०७८

पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना पुनः फममा फर्केको छ । आफ्ना स्टार खेलाडी लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा गएपछि बार्सिलोना खराब फममा गुज्रिएको थियो ।  खराब फमका कारण नै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरियो । बार्सिलोना लिगका पछिल्ला चार खेलमा अपराजित छ । यता युरोपा लिगको सेमिफाइनलमा पनि स्थान बनाएको छ । 

पहिलो एल क्लासिकोमा रियलसँग २–१ गोलले पराजित भएको बार्सिलोना आजको खेलमा रियलमाथि जित निकाल्ने योजनामा छ ।  रियल पनि पछिल्लो समय फममा नै छ । ला लिगामा १० अंकको अग्रता बनाएको रियल लिग उपाधि दावेदार हो । 

यो सिजन रियल र बार्सिलोनाले दुई पटक प्रतिस्पर्धा गरेका छन् । स्पेनिस सुपर कपमा रियलले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।  त्यसैले रियल आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रने छ । उपाधि यात्रालाई हसज बनाउन रियललाई आजको खेल महत्वपूर्ण छ । 

उसो त उपाधि होडमा आफूलाई बलियो बनाइ सकेको रियललाई आजको नतिजाले खासै असर पर्ने छैन । चेल्सीविरुद्धको च्याम्पियन्स लिग क्वाटरफाइनल खेल्नुअघि रियल ला लिगामा बलियो अवस्थामा रहने प्रयासमा हुनेछ ।
यता बार्सिलोनालाई भने उपाधि होड कायम राख्न आजको खेल जित्नै पर्ने दवाव छ । आजको खेलमा पराजित भए बार्सिलोनाको उपाधि सम्भावना झनै कमजोर बन्ने छ । 

बार्सिलोनाका प्रशिक्षक जाविको यो सिजनको दोस्रो एल क्लासिको हो । बार्सिलोनाका पूर्व कप्तान समेत रहेका जाविलाई प्रशिक्षकको रुपमा पहिलो एल क्लासिको जित्ने अवसर छ ।  उता रियललाई च्याम्पियन्स लिगको उपाधि जिताइ सकेका प्रशिक्षक कार्लो एन्सेलोटीलाई आजको एल क्लासिको जितेर सिजनका सबै एल क्लासिकोमा अपराजित रहने मौका छ । 

रियल लिगमा २८ खेल खेलेर ६६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यता एक खेल कम खेलेको बार्सिलोना ५१ अंक सहित तालिकाको चौथो स्थानमा छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप