म्यानमारमा कार दुर्घटना, ७ जनाको ज्यान गयो
![म्यानमारमा कार दुर्घटना, ७ जनाको ज्यान गयो](https://rpcdn.ratopati.com/media/albums/accident-durghatana-acc-cartoon_nRZRX5TBy7.jpg)
म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको थियो । तर गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो । मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन् । यस दुर्घटनामा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया समूह विजेता, बेल्जियम र स्लोभाकिया पनि अन्तिम १६ मा
-
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
-
कर्मचारीको तलब लगायतमा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थले दियो अख्तियारी
-
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
-
फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
-
रास्वपाका महामन्त्रीले बुझाए सभापतिलाई प्रतिवेदन