अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण भुक्तानी बैंकहरुले भारुमा गर्न सक्ने
अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण ठेकेदारको भुक्तानी अब बैंकहरुले सिधै भारुमा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हालैमात्र विदेशी विनिमय कारोबारसम्बन्धी ‘एकीकृत परिपत्र–२०७८’ संशोधन गर्दैै लगानी बोर्डबाट राष्ट्रिय महत्वको आयोजनाको रुपमा पहिचान भएको र हाल निर्माण शुरु भएको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि निर्माण कम्पनीलाई गरिने भूक्तानीको रकम सिधै भारुमा सटही गर्न पाउने गरी बैंकहरुलाई सुविधा प्रदान गरेको हो ।
यस्तो सुविधा परामर्शदाता/निर्माणकर्ता ठेकेदार/आपूर्तिकर्तालाई दिनु पर्ने भुक्तानीको सटही सुविधा प्रदान गर्नुपर्दा विकासकर्ता कम्पनीबाट कार्यसम्पादन एकीन तथा लगानी बोर्डको कार्यालयबाट सिफारिस भई आएको आधारमा तोकिएका कागजातहरूको परीक्षण गरी वाणिज्य बैंकहरूले ठेक्का रकमको सीमा ननाघ्ने गरी सिधै भारतीय रुपैयाँको सटही सुविधा प्रदान गर्न सक्ने बैंकले जनाएको छ ।
यसरी वाणिज्य बैंकले सटही सुविधा उपलब्ध गराउँदा सोको जानकारी लगानी बोर्डको कार्यालय र यस विभागलाई दिनुपर्नेछ । तर, यसरी ड्राफ्ट/टी.टी. मार्फत् भारतीय परामर्शदाता/निर्माणकर्ता ठेकेदार/आपूर्तिकर्तालाई भारतमा भुक्तानी हुने गरी त्यस्तो सटही सुविधा उपलब्ध गराउँदा दफा १.११.१(क), (च), (क) र (ज) मा उल्लिखित रकमसम्बन्धी सीमा लागू नहुने बैंकले जनाएको छ । तर, परामर्शदाता/निर्माणकर्ता ठेकेदार/आपूर्तिकर्तासँग भएको करार–सम्झौताको रकमभित्र रहने गरी त्यस्तो सीमाप्रति बिल÷बीजक भा.रु. २० करोडसम्म मात्र हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा