सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ठाडोभाका गीतका सर्जक देउबहादुरको स्मृतिमा संग्रहालय

आइतबार, ०६ चैत २०७८, १० : ४४
आइतबार, ०६ चैत २०७८

ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ । दुराकै गाउँ मध्यनेपाल नगरपालिका-१० हाँडीखोला नास्के वर्धनमा नगरपालिकाको १८ लाख र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट संग्रहालय बनाइएको हो ।

विसं १९४७ फागुन ८ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चैसुब्बा गुरुङ ठाडोभाकाका सर्जक हुन् । परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह राखिएको छ । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले दुराकै स्मृतीमा देउबहादुर दुरा मार्ग निर्माण गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप