मानिसझैँ हात्ती पनि समूहमा भन्दा एक्लै चिन्तित हुन्छन्
![मानिसझैँ हात्ती पनि समूहमा भन्दा एक्लै चिन्तित हुन्छन्](https://rpcdn.ratopati.com/media/albums/elephant-stress_5oSRhQ8azZ.jpg)
मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ अध्ययनले दावी गरेको छ कि हात्तीहरू समूहमाभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् ।
एक्लोपनले भाले हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरेर तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालेको हो । अनुसन्धान टोलीले काठ उद्योगमा काम गरिरहेका म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो ।
अन्वेषकहरूका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिदैन ।
‘हामीले पत्ता लगाएका छौं कि पुरुष हात्तीहरूले कुनै साथी नभएको बेला र पोथीहरुभन्दा पनि धेरै भाले भएको सामाजिक समूहमा हुँदा उनीहरूले उच्च तनाव देखाउँछन्’ अध्ययन टोलीका मार्टिन सेल्टम्यान र प्राध्यापक भिरपी लुम्मा भन्छन् ।
‘सामाजिक समूहमा बच्चाहरु हुँदा पोथी हात्तीले न्यून तहको तनाव देखाउँछन् । सामाजिक समूहको आकार पुरुष वा महिलाहरूमा तनाव हार्मोनको स्तरसँग सम्बन्धित छैन,’ उनीहरुले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्ने होडमा ‘अरेन्जी’ र टर्की
-
रास्वपा संसदीय दलको बैठक आइतबार
-
प्रधानमन्त्री र कांग्रेस नेता कोइरालाबिच भेट
-
तनहुँमा पृथ्वी राजमार्गको कल्भर्ट बगायो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
-
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
-
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत